
एमजी मोटर्सको लोकप्रिय मोडल एमजी एस–५ बुटवल र भैरहवामा पनि सार्वजनिक भएको छ। हालैमात्र नेपाल भित्रिएको उत्कृष्ट मोडल एस–५ लाई बुटवल स्थिति वरुन मोटर्स प्रालि र भैरहवा स्थिति थ्री एचएल कम्पनी प्रालिमार्फत् सार्वजनिक गरिएको हो ।
जसले यस क्षेत्रमा विद्युतीय गतिशीलताको नयाँ युगको शुरूआत गरेको कम्पनीले दाबी गरेको छ । लोकप्रिय एमजी एस–५ अत्याधुनिक प्रविधि, आकर्षण लुक्स र आधुनिक प्रविधिले सुसज्जित छ । गाडीको डिजाइनले प्रिमियम झल्काउ छ ।
कम्पनीको ईभी एसयूभी मोडलमा पहिलो रिअर ह्वील ड्राइभ मोडलमा आएको उत्कृष्ट एस–५, ४३ लाख ९९ हजार रुपैयाँमा नै सार्वजनिक भएको हो । एमजीका लागि नेपालको आधिकारिक वितरक पारामाउन्ट प्रालिले एमजी एस-५ दुई ब्याट्री अप्सन र तीन भेरियन्टमा बजारमा उतारेको छ ।
४९ किलोवाट र ६२ किलोवाटमा उपलब्ध एमजी एस–५को टप भेरियन्टको मूल्य ४९ लाख ९९ हजार र ५४ लाख ९९ हजार तोकिएको छ ।
एमजी एस–५ मा प्रयोग भएको सानो ब्याट्रीले ३४० र ठूलो ब्याट्रीले ४३० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।