
पर्सामा कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिका-६ एकडर्वा बस्ने ६० वर्षीय वीरेन्द्र यादव रहेका छन् ।
उनको साथबाट कटुवा पेस्तोल १ थान र गोली ३ थान बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी महुवनबाट खटिएको प्रहरीले उनलाई मंगलबार राति उक्त पेस्तोल र गोलीसहित पक्राउ गरेको हो ।
साथै, प्रहरीले उनले प्रयोग गरेको ना २३ प ४८७७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको जनाएको छ ।