०२ असार २०८३, मंगलबार

बालिकालाई वेश्यावृत्तिमा लगाएको कसुरमा पाँच वर्ष कैद तोकिएका युवक पक्राउ

चैत २७, २०८१
काठमाडौं
बालिकालाई वेश्यावृत्तिमा लगाएको कसुरमा पाँच वर्ष कैद तोकिएका युवक पक्राउ

बालिकालाई जबर्जस्ती वेश्यावृत्तिमा लगाएको कसुरमा पाँच वर्ष कैद र २५ हजार जरिवाना तोकिएका युवक पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा गोरखाको गोरखा नगरपालिका-११ का २१ वर्षीय निरज ढकाल रहेका छन् । उनलाई काठमाडौं जिल्ला अदालतले मंसिर ५ गते मानव बेचबिखन तथा ओसारपसार कसुरमा पाँच वर्ष कैद सजाय र  २५ हजार जरिवानाको फैसला गरेको थियो । 

त्यसअघि  २०७९ पुस ७ गतेको काठमाडौं जिल्ला अदालतकै आदेशले ढकाल एक लाखमा धरौटी छुटेका थिए ।  

ढकाल समेतले काठमाडौंको टोखा नगरपालिका-९ मा  घर भाडामा लिई खाजाघर सञ्चालन गरी उक्त खाजाघरमा आउने ग्राहकबाट जनही  एक हजार  लिई बालिकालाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने, सो कुरा बाहिर कसैलाई बताएमा ज्यान समेत लिने भन्दै डर, त्रासमा राखेको भन्दै पीडितले प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा उजुरी परेको थियो । 

उजुरीपछि ब्यूरोको टोलीले उनलाई २०७९ मंसिर २५ गते पक्राउ गरेर अनुसन्धानपश्चात जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमार्फत् काठमाडौं जिल्ला अदालतमा पेस गरेको थियो । जिल्लाले शुरूमा उनलाई धरौटीमा छाड्न आदेश गरेको थियो । पछि कैद र जरिवानाको फैसला सुनायो ।

अदालतको फैसलापछि फरार रहेका उनलाई मंगलबार गोरखाबाट पक्राउ गरेर अदालतको पत्रसहित बुधबार कैद भुक्तानका लागि कारागार कार्यालय डिल्लीबजार काठमाडौं चलान गरिएको ब्यूरोका प्रवक्ता, एसपी नरेन्द्र कुँवरले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्