२३ जेठ २०८३, शनिबार

विश्वका वैज्ञानिक तथा विचारक नेपाल आइपुगे

चैत २८, २०८१
काठमाडौं
विश्वका वैज्ञानिक तथा विचारक नेपाल आइपुगे

जर्मनीका प्रसिद्ध अनुसन्धानकर्ता कोलिन पावर र मेक्सिकोकी डा. हाइक बीलेक काठमाडौं आइपुगेका छन् । नेपालका युवा वैज्ञानिक अरिफ अलीको नवीनतम सिद्धान्त एन्सिएन्ट थ्योरी अफ एभ्रीथिङ (Ancient Theory of Everything) लाई प्रत्यक्ष भेटघाटमार्फत बुझ्न उनीहरू नेपाल आएका हुन् । 

टोलीमा अरिफ अलीको घरमा विगतमा भ्रमण गरिसकेका विशिष्ट व्यक्तित्वहरू जस्तै: चर्चित पुस्तक 'But Where Is the Rainbow?' का लेखक जीओफ्फ्रे स्टोन, डब्ल्यूएसडीए न्युजिल्याण्डका पूर्व ग्लोबल प्रिसिडेन्ट मोसेस ब्लेसिङ र भारतका मोहम्मत रेहनद्वारा देखाइएको चासोको निरन्तरता हो।

कोलिन पावरका सह-संस्थापक, संख्यात्मक प्रणाली र ज्यामितीको गहिरो सम्बन्ध खोज्ने कार्यमा विख्यात छन् । डा. हाइक बीलेकले एटोमिक जीओमेट्री र फर्याक्सनल केमिस्ट्रीजस्ता अवधारणाहरू विकास गरेर शिक्षा र विज्ञानलाई अन्तरविषयगत ढंगले नयाँ स्वरूप दिएकी छन्।

उनीहरू अरिफ अलीको सिद्धान्तप्रति आकर्षित भएका हुन् — जसले गुरुत्व, समय विलम्ब, र ब्रह्माण्डको संरचनालाई नयाँ कोणबाट व्याख्या गर्दै, आइन्स्टाइनको सापेक्षता सिद्धान्तलाई चुनौती दिन्छ।

अरिफ अलीले यसअघि सिंगापुर, बंगलादेश, दुबई, ओमान, थाइल्याण्ड, मलेसिया र भारतजस्ता देशहरूमा आफ्नो अनुसन्धान यात्राका क्रममा विभिन्न वैज्ञानिक फोरमहरूमा सहभागिता जनाइसकेका छन् । उनका विज्ञान पोडकास्ट तथा सार्वजनिक कार्यक्रमहरूले नेपाल र विदेशका एक लाखभन्दा बढी युवालाई प्रेरित गरिसकेका छन्। यो भेटघाटले अन्तर्राष्ट्रिय वैज्ञानिक सहकार्यलाई बल पुर्‍याउने र काठमाडौंलाई नयाँ वैज्ञानिक केन्द्रको रूपमा चिनाउने अपेक्षा गरिएको छ।

salt training

कमेन्ट गर्नुहोस्