
रुपन्देहीको तिलोत्तमा-१५, स्थित पाँचतारे रिसोर्ट टाइगर प्यालेस बाइ सोल्टीले नेपाली नयाँ वर्षलाई विशेष बनाउने भएको छ ।
रिसोर्टले स्वदेशी र विदेश पाहुनालाई लक्षित गरेर नयाँ वर्षको पहिलक्को दिन मुलुककै चर्चित सांगीतिक ब्याण्ड कुटुम्बको प्रस्तुति राखेको छ ।
बैशाख १ गते रिसोर्टमा आउने पाहुनाको नयाँ वर्ष विशेष तुल्याउन सस्तो प्याकेज समेत घोषणा गरिएको छ ।
टाइगर प्यालेस बाइ सोल्टीका जनरल म्यानेजर (जीएम) अग्निमित्र शर्माका अनुसार नयाँ वर्षका दिन साँझ ७ देखि ११ बजेसम्म विशेष सांगीतिक कार्यक्रम आयोजना गरिएको छ । यसक्रममा साँझ ८ देखि १० बजेसम्म १० सम्म कुटुम्ब ब्याण्डको प्रस्तुतिमा झुम्दै पाहुनाले खानपिनको मजा लिन सक्ने व्यवस्था गरिएको छ ।
जीएम शर्माका अनुसार १० देखि साढे ११ बजेसम्म डीजे म्युजिकको व्यवस्था गरिएको छ । रिसोर्टको क्याभना क्षेत्रमा डीजेको तालमा पाहुना र उपस्थित दर्शक नाच्न पाउनेछन् । रिसोर्टले उक्त दिनका लागि सस्तोमा खानपिन प्याकेजसँगै सहभागीलाई विभिन्न उपहार, पुरस्कारको समेत व्यवस्था गरेको शर्माले जानकारी दिए ।
रिसोर्टले पाहुना र दर्शकका लागि स्थानीय र अन्तर्राष्ट्रिय परिकारको समेत व्यवस्था गर्ने जनाएको छ । रिसोर्टमा आउनेले त्यस दिन नेपाली संगितसंगै रैथाने र बिदेशी परिकारको आनन्द लिन पाउनेछन् ।