२८ जेठ २०८३, बिहीबार

७ जना मन्त्री उपस्थित भएबाट प्रस्ट हुन्छ निजी क्षेत्रलाई कति महत्त्व दिएका छौं- ओली

चैत २८, २०८१
काठमाडौं
७ जना मन्त्री उपस्थित भएबाट प्रस्ट हुन्छ निजी क्षेत्रलाई कति महत्त्व दिएका छौं- ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले निजी क्षेत्रसँगको सम्बन्धलाई नमूनाको रूपमा अगाडि बढाएको बताएका छन् । 

उद्योगी व्यवसायीले दिएका सुझावका आधारमा सरकारले अध्यादेश ल्याएको उनले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघको ५५ औं वार्षिक साधारण सभालाई बिहीबार सम्बोधन गर्दै ओलीले सरकारले निजी क्षेत्रलाई प्राथमिकता दिएको बताएका हुन् । 

‘सरकार तपाईंहरूले दिएका सुझाव अनुसार नै काम अगाडि बढाइरहेको छ । सरकार र निजी क्षेत्रको सम्बन्ध नमूनाको रूपमा अगाडि बढाइरहेका छौं’, ओलीले भने, ‘यो कार्यक्रममा सरकारका ७ जना मन्त्री उपस्थित भएबाट पुष्टि हुन्छ ।’

समारोहमा प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, श्रममन्त्री शरतसिंह भण्डारी तथा उद्योग मन्त्री दामोदर भण्डारी उपस्थित छन् । 

‘एउटा व्यावसायिक संस्थाको कार्यक्रममा यति महत्त्व दिइएको छ, सिंगो सरकार उपस्थित छ । सहकार्यलाई प्रोत्साहित गरिएको छ’, प्रधानमन्त्री ओलीले भने । 

उनले दैनिक उपभोग्य वस्तु स्वदेशमै उत्पादन गर्नेतर्फ ध्यान दिन व्यवसायीलाई आग्रह गरे ।

salt training

कमेन्ट गर्नुहोस्