कञ्चनपुर र रौतहटमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका-११ भुजेला बस्ने दानबहादुर ओलीको सोही ठाउँस्थित बिजुलीको पोलबाट करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको हो ।
रौतहटको ईशनाथ नगरपालिका-३ औरैया टोल बस्ने मेराजुल मियाको छोरा ७ वर्षीय आलम मियाको पनि करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही ठाउँस्थित धारामा जडित विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो ।