०२ साउन २०८३, शनिबार

नेकपा एस कोशी प्रदेशको अध्यक्षमा सरिता खड्का निर्वाचित

चैत २८, २०८१
विराटनगर
नेकपा एस कोशी प्रदेशको अध्यक्षमा सरिता खड्का निर्वाचित

नेकपा (एकीकृत समाजवादी) कोशी प्रदेशको अध्यक्षमा सरिता खड्का निर्वाचित भएकी छन् । 

खड्का यसअघि प्रदेश कमिटीको उपमहासचिव थिइन् भने उनी पूर्वप्रदेशसभा सदस्य पनि हुन् । अधिवेशन उद्घाटन भएको तेस्रो दिनपछि एसले नयाँ कार्यसमिति चयन गरेको हो । 

उपाध्यक्ष भने चयन गरिएको छैन । दुई उपाध्यक्ष रहने पार्टीको विधानमा उल्लेख भएपनि अधिवेशनले छानेको छैन । तर, केन्द्रीय उपमहासचिव राजेन्द्र राईले भने उपाध्यक्ष चुनिसकेको दाबी गरे । 

‘सहमितमै दुई उपाध्यक्ष छानिसकिएको छ’, उपमहासचिव राईले भने ‘तर, उहाँहरू हलभन्दा बाहिर रहेकाले नाम घोषणा नगरिएको हो  ।’ 

यस्तै, सचिवमा दलशेर राई निर्वाचित भएका छन् । तीन उपसचिवमध्ये एक जना भने पछि छान्नेगरि दुई जना सर्वसम्मत  छानिएका छन् । महिला उपसचिव भने खाली छोडिएको छ । 

आदिवासीतर्फ ताप्लेजुङको जिल्ला समन्वय समितिका प्रमुख समेत रहेका छिरिङ लामा र दलिततर्फ उमा शंकर निर्वाचित भएका छन् । अधिवेशन मंगलबार इटहरीमा शुरू भएको थियो ।

पार्टी फुटेपछिको नेकपा एसको यो पहिलो प्रदेश अधिवेशन हो । अधिवेशनले १६८ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । 

प्रदेश अधिवेशनमा पनि सहमतिका नाममा जिल्ला अधिवेशनजस्तै प्रतिनिधिलाई कोठामा बन्धक बनाएर केन्द्रीय नेतृत्वले नाम घोषणा गरेको भन्दै आधाभन्दा बढी प्रतिनिधि रुष्ट बनेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्