११ साउन २०८३, सोमबार
तीनकुने घटना

भारतबाट पक्राउ परे दुर्गा प्रसाईं, काठमाडौँ ल्याइँदै

चैत २८, २०८१
काठमाडौं
भारतबाट पक्राउ परे दुर्गा प्रसाईं, काठमाडौँ ल्याइँदै

राजधानीको तीनकुनेमा चैत १५ गते भएको प्रदर्शनमा हिंसा भड्काएको आरोप लागेका दुर्गा प्रसाईं पक्राउ परेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक प्रसाईं उक्त घटनापछि भारततर्फ भागेका थिए । 

उनलाई भारतबाटै पक्राउ गरिएको प्रहरी उच्च स्रोतले बतायो । 'दुर्गा प्रसाईलाई नियन्त्रणमा लिएर काठमाडौँ ल्याउँदैछ। प्रहरीको विशेष टोलीले आजैलाई नियन्त्रणमा लिएको हो', स्रोतले भन्यो ।

तीनकुनेमा भएको प्रदर्शनमा उनले आन्दोलनकारीलाई उत्तेजित बनाउँदै प्रहरीलाई नै किच्ने शैलीमा गाडी दौडाएका थिए । सो लगत्तै दोहोरो झडप र गोली चलेको थियो भने पछि आन्दोलनकारी तोडफोड, आगजनी र लुटपाटमा संलग्न भएका थिए । 

घटनालगत्तै भागेका उनलाई प्रहरीले घटनाको १२ दिनपछि पक्राउ गर्न सफल भएको हो । 

बुधबारमात्रै प्रसाईंले आफू बाध्यताले भाग्नुपरेको दाबी गरेका थिए । एक भिडियो सन्देशमार्फत उनले हजार माइलको यात्रा पनि शून्यबाट सुरु हुने बताउँदै भिजन भनेको एउटा व्यक्तिबाट सुरु हुने जिकिर गरेका थिए । ‘एउटै व्यक्तिबाट विचार बन्ने हो । आज दुर्गा प्रसाईँ एक व्यक्ति मात्र होइन । घर घर दुर्गा, हर हर दुर्गा बनेको छ । दुर्गा भनेको विचार हो,’ उनले भनेका थिए । 

उनले आफू भागेको नभएर यो मुद्दामा जोगिएको मात्र बताएका थिए । ‘म जोगिए भने मात्र यो जनविद्रोह सफल हुन्छ,’ उनले भनेका थिए, ‘म रहिन भने यो जनविद्रोह दबाएर जान्छ । किनभने पेरुमा जब गोन्जालोलाई पक्रेर मारियो, त्यसपछि पेरुको जनविद्रोह सकियो । म पेरु गोन्जालो बन्न चाहन्न । नेपालीहरूको नेता बन्न चाहन्छु । नेपालीलाई बचाउन चाहन्छु ।’

तीनकुने घटना हिंसात्मक भएपछि प्रहरीले राप्रपाका नेताद्वय धवलशमशेर राणा र रवीन्द्र मिश्रसहित दर्जनौँलाई यसअघि नै पक्राउ गरिसकेको छ । 

दुर्गा प्रसाईंद्वारा आसाम प्रहरीसमक्ष आत्मसमर्पण

salt training

कमेन्ट गर्नुहोस्