२३ असार २०८३, मंगलबार
अनौठो तरिकाले बच्चा बेपत्ता

दैलेखमा सुतेकै ठाउँबाट तीन महिने शिशु गायब

चैत २९, २०८१
सुर्खेत
दैलेखमा सुतेकै ठाउँबाट तीन महिने शिशु गायब

दैलेखको ठाँटीकाँध गाउँपालिकामा सुतेकै ठाउँबाट एउटा शिशु गायब भएका छन् । ठाटीकाँध गाउँपालिका–१, सिराडी ग्वालिपिन्नमा गएराति तीन महिनाको शिशु बेपत्ता पारिएको हो । 

‎गएराति ९ बजेतिर स्थानीय बमबहादुर बुढाकी छोरी श्रीया बुढालाई बेपत्ता पारिएको प्रहरीले जनाएको छ । 

‎बमबहादुरका दाजु दीपक बुढाका अनुसार सबै सुतिरहेका बेला ‎घर पछाडिको रुखमा राखेको खरमा आगो लागेको थियो । खरमा आगो लागेको थाहा पाएपछि घरका सबै जना आगो निभाउन गएका थिए । तर, आगो निभाएर फर्किँदा घरमा बच्चा थिएन । 

बच्चा चोर्न कुनै समूहले खरमा आगो लगाएको हुनसक्ने उनले आशंका गरे । 

‎बेपत्ता पारिएको शिशुसँगै अर्को छोरा पनि साथमा सुतेका थिए । तर, आउँदा ठुलो बच्चा सुतिरहेकै भए पनि सानो बच्चा नभएको उनले बताए ।‎

‎घटनालगत्तै स्थानीयले ठाटीकाँध प्रहरी चौकीमा खबर गरेका थिए । राति नै प्रहरी त्यहाँ पुगेको थियो ।

तर, खोजतलासी गर्दा कुनै ‘क्लु’ पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय दैलेखमा प्रहरी प्रमुख सुनिल दाहालले बताए ।‎ ‘अचम्म लाग्दो घटना भयो,’ उनले भने, ‘अहिले पुनः त्यहाँ प्रहरी परिचालन गरिएको छ । घटनाको अनुसन्धान गरिरहेका छौं ।’

salt training

कमेन्ट गर्नुहोस्