१७ असार २०८३, बुधबार
तीनकुने घटना

दुर्गा प्रसाईंलाई भारतबाट झापा ल्याइयो, जहाजमा आजै काठमाडौं ल्याइने

चैत २९, २०८१
काठमाडौं
दुर्गा प्रसाईंलाई भारतबाट झापा ल्याइयो, जहाजमा आजै काठमाडौं ल्याइने
फाइल तस्वीर

काठमाडौंको तीनकुनेमा अराजक प्रदर्शन गराएर फरार दुर्गा प्रसाईंलाई ​पक्राउ गरेर झापा ल्याइएको छ । नेपाल प्रहरीको विशेष टोलीले काँकडभिट्टा नाकाबाट प्रसाईंलाई नेपाल भित्र्याएको हो ।

बिहीबार भारतको आसामबाट पक्राउ परेका उनलाई आज बिहान झापा ल्याइएको प्रहरीले जनाएको छ । प्रहरी महानिरीक्षकको कार्यालयका अनुसार उनलाई आजै काठमाडौं ल्याइँदै छ । उनलाई जहाजमा काठमाडौं ल्याउन लागिएको हो ।

प्रसाईंको सचिवालयले भने बिहीबार आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको सामाजिक सञ्जाल फेसबुकबाट जानकारी गराएको थियो । 

प्रसाईंमाथि चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा हिंसा भड्काएको आरोप छ । 

चैत १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा एक पत्रकारसहित दुई जनाको ज्यान गएको थियो भने दर्जनौं घर र गाडीमा तोडफोड र आगजनी गरिएको थियो । 

प्रदर्शनकारीले कोटेश्वरस्थित भाटभटेनीमा समेत लुटपाट गरेका थिए । प्रदर्शनका क्रममा प्रसाईंले बलपूर्वक प्रहरी घेरा तोड्दै भीडलाई उत्तेजित बनाएका थिए ।

 तीनकुनेमा भएको राजावादी आन्दोलनका उनी मुख्य कमाण्डर हुन् । तर हिंसा चर्किएपछि उनी लगत्तै फरार भएका थिए। 

त्यही घटनामा प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री तथा सांसद धवलशमशेर राणासहित दर्जनौं आरोपितलाई पक्राउ गरिसकेको छ।

null

salt training

कमेन्ट गर्नुहोस्