
रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालतको आदेश बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।
लामिछानेकी पत्नी निकिता पौडेल, रास्वपा नेता प्रतिभा रावल, नारायण कँडेलसहितका नेताले शुक्रबार सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।
यसअघि रुपन्देही जिल्ला अदालतले रविलाई धरौटीमा छोड्न आदेश दिएको थियो ।
तर सहकारी ठगी प्रकरणको मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
यसपछि रवि फेरि जेल चलान भएका छन् ।
प्रक्रिया पूरा नगरी प्रहरीले चैत २५ गते लामिछानेलाई पक्राउ गरेको दाबी रास्वपाले निवेदनमा गरेको छ ।