३१ असार २०८३, बुधबार

जनता सार्वभौमसत्ता सम्पन्न भइसके, फेरि रैतीमा फर्किंदैनन्- केपी ओली

चैत २९, २०८१
बुटवल
जनता सार्वभौमसत्ता सम्पन्न भइसके, फेरि रैतीमा फर्किंदैनन्- केपी ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेले नयाँ योजना र स्पष्ट दिशासहित देशलाई अगाडि बढाउने अभियान थालेको बताएका छन् ।

रुपन्देहीमा आयोजित जनजागरण सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले `मिशन ०८४´ ले मुलुकभर नयाँ ऊर्जा सिर्जना गरेको बताए । `नयाँ नीति र कार्यक्रमसहित अगाडि बढेका छौं । राम्रो काम गरेकै कारण एमाले फुटाउने षड्यन्त्र भयो,´ उनले भने, `तथाकथित नेताहरू घरमा आगो लगाएर खरानीको व्यापार गर्छु भन्न थालेका छन् । तर, तिनीहरूका नातिका पालामा पनि एमाले सिद्धिँदैन ।´

प्रधानमन्त्री ओलीले केही शक्तिहरू `मसान घाटबाट सड्न थालेको नलिहाड फु फु गर्दै देशलाई पछाडि धकेल्न खोजिरहेका´ टिप्पणी गर्दै भने, `तर अब मुलुक पछाडि फर्किँदैन । जनता सार्वभौमसत्ता सम्पन्न भइसकेका छन्, फेरि रैतीमा फर्किंदैनन् ।´

देश विकासको गतिमा अघि बढिरहेको उल्लेख गर्दै उनले थपे, `हामी हटायौं विकास रोकियो, हामी आयौं विकास अघि बढ्यो । पूर्व–पश्चिम राजमार्गलाई एसियन स्ट्यान्डर्डमा लैजाने काम अघि बढेको छ । हुलाकी सडक निर्माण तीव्र गतिमा छ । गाउँ–गाउँमा पक्की बाटो पुगेको छ ।´

पर्यटन विकासमा सरकारले साथ दिएको उनले बताए, 'स्थानीय जहाज होइन, हामीले अन्तर्राष्ट्रिय विमानस्थल बनाएका छौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलाउनकै लागि निर्माण गरिएको हो,´ उनले भने ।

प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा भएका विशेष उपलब्धिहरूको चर्चा गर्दै भने, `म प्रधानमन्त्री नभएको भए पनि विष्णु पौडेल अर्थमन्त्री र शंकर पोखरेल मुख्यमन्त्री भएको बेला प्रदेशको सिंहदरबार भालुवाङमा सार्ने निर्णय हाम्रो सरकारकै काम हो । अन्य प्रदेशको तुलनामा लुम्बिनीले गरेर देखाएको छ ।´

salt training

कमेन्ट गर्नुहोस्