
काठमाडौं उपत्यकामा बिहानैदेखि हावाहुरीसहित वर्षा भएको छ। अहिले उपत्यकाभर मेघगर्जन र हावाहुरीसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हावाहुरी र प्रतिकूल मौसमका कारण आन्तरिक तथा बाह्य उडान प्रभावित बनेका छन् । त्रिभुवन विमानस्थलबाट उडान भरेका केही विमान प्रतिकूलताका कारण फर्किएका छन् भने कुनै विमानले उडान भर्न सकेका छैनन्।
भरतपुरका लागि तय भएको बुद्ध एयरको उडान डिले भएको विमानस्थल कार्यालयले जनाएको छ । यस्तै, सीता एयरको लुक्ला उडान पनि मौसमका कारण डिले भएको छ ।
डोमेस्टिक अवतरण भने नियमित छ । कार्यालयका अनुसार दिल्ली जाने एयर इन्डियाको उडान डिले भएको छ ।
चट्याङ र हावाहुरीबाट सचेत हुन महाशाखाले अनुरोध समेत गरेको छ ।
महाशाखाका अनुसार पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका कारण वर्षा भएको हो । अरब सागरबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव उपत्यकामा देखिएको छ ।