
चारदेशीय टी-२० सिरिजको तेस्रो खेलमा नेपालले पहिले बलिङ गरिरहेको छ ।
हङकङको टिन क्वाङ रोड रिक्रिएशन ग्राउण्डमा आयोजक राष्ट्र हङकङविरूद्ध टस जितेर नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको हो ।
जारी प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायमै राख्ने लक्ष्यमा नेपाल छ । नेपालले आफ्नो पहिलो खेलमा गत बुधबार कतारलाई ८ विकेट हराएको थियो भने दोस्रो खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराएको थियो।