![बालाजु बाइसधारामा विशेष मेला, भक्तजनको घुइँचो [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Balaju_Baisadhara_14_fsxMCSurKr.jpeg)
चैत शुक्ल पूर्णिमा दिन शनिबार ऐतिहासिक महत्त्व बोकेको काठमाडौंको बालाजु स्थित बाइसधारामा विशेष मेला लागेको छ ।
मेलाका अवसरमा शनिबार बाइसधारामा भक्तजनको घुइँचो लागेको छ । मेलामा नुवाकोट, धादिङ, रसुवा, चितवन लगायतका विभिन्न जिल्लाबाट भक्तजन बाइसधारा आउने गर्दछन् ।
तत्कालीन राजा प्रताप मल्लले निर्माण गरेको उक्त धारामा नागार्जुनको डाँडाबाट पानी आउने गर्दछ । यसदिन बालाजु बाइसधाराको पानीले स्नान गरे पाप पखालिने, रोग निको हुने र चिताएको पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।















