०७ साउन २०८३, बिहीबार
वीरगञ्जमा कर्फ्यु

दुई पक्षबीच झडप हुँदा वीरगञ्ज तनावग्रस्त, कर्फ्यु लगाइयो

चैत ३०, २०८१
काठमाडौं
दुई पक्षबीच झडप हुँदा वीरगञ्ज तनावग्रस्त, कर्फ्यु लगाइयो

पर्साको वीरगञ्जमा दुई पक्षबीच झडप हुँदा अवस्था तनावग्रस्त बनेको छ । 

हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा छप्कैया चोकमा दुई समुदायबीच झडप भएको प्रहरीले जनाएको छ ।

शोभायात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको अर्को समूहले आरोप लगाएपछि अवस्था झडपमा परिणत भएको हो । 

यस क्रममा दुवै समुदायबीच ढुंगा हानहान भएको छ । केही घाइते भएका छन् ।  केही पसलमा आगजनी समेत गरिएको छ । 

अवस्था तनावग्रस्त भएपछि वीरगञ्जमा कर्फ्यु लगाइएको छ । 

शनिबार साँझ ६:३० बजेदेखि आइतबार दिउँसो १२ बजेसम्मका लागि कर्फ्यु लगाइएको हो ।

स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकाभित्र चार किल्ला तोकी सो सीमानाभित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन् ।

पूर्वमा भेडियाही चौक- वीरगञ्ज महानगरपालिका-१५, पश्चिममा सिर्सिया पुल- वीरगञ्ज महानगरपालिका- २५, उत्तरमा गण्डक चौक- वीरगञ्ज महागरपालिका- १४ र  दक्षिणमा शंकराचार्य गेट- वीरगञ्ज महानगरपालिका-१६ लाई चार किल्ला तोकिएको छ ।  

null

कमेन्ट गर्नुहोस्