१९ असार २०८३, शुक्रबार

पर्सा झडपमा २३ जना सुरक्षाकर्मी घाइते

चैत ३०, २०८१
काठमाडौं
पर्सा झडपमा २३ जना सुरक्षाकर्मी घाइते

 पर्साको वीरगन्जमा शनिबार भएको दुई समुदायबिचको दोहोरो झडपलाई नियन्त्रणमा लिने २३ जना सुरक्षाकर्मी घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार नेपाल प्रहरीतर्फ एसपी गौतम मिश्रसहित १५ जना घाइते भएका छन् । यस्तै सशस्त्र प्रहरीतर्फ पनि ८ जना घाइते भएका छन् । सर्वसाधारणतर्फ पनि केही घाइते 

भएका छन् । 

झडप उग्र भएपछि प्रहरीले ७० राउण्ड अश्रुग्यास प्रहार गर्नुका साथै दुई राउण्ड हवाइ फायर समेत गरेको प्रहरीले जनाएको छ । 

यसैबीच स्थितिलाई सहज बनाउन स्थानीय प्रशासनले शनिबार साँझदेखि कर्फ्यु आदेश जारी गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्