२० असार २०८३, शनिबार

राजनीतिक नियुक्तिका लागि कर्मचारीलाई दुई वर्षको ‘कुलिङ पिरियड’ राखौं : कोइराला

चैत ३१, २०८१
काठमाडौं
राजनीतिक नियुक्तिका लागि कर्मचारीलाई दुई वर्षको ‘कुलिङ पिरियड’ राखौं : कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले उच्च पदस्थ सरकारी कर्मचारीलाई विभिन्न निकायमा नियुक्ति गर्दा दुई वर्षको ‘कुलिङ पिरियड’ राख्नुपर्ने बताएका छन् ।

दुई वर्षको कुलिङ पिरियड राख्दा पारदर्शिता बढाउने र कन्फिल्क्ट अफ ईन्ट्रेष्टलाई कम गर्न मद्दत गर्ने उनको भनाइ छ । 

‘उच्च पदस्थ सरकारी कर्मचारीहरूलाई संवैधानिक निकाय, राजदूत वा अन्य पदमा नियुक्ति गर्दा कम्तिमा दुई वर्षको कुलिङ समय राख्नु पर्दछ,' उनले लेखेका छन् 'यसले पारदर्शिता बढाउने र कन्फ्लिक्ट अफ ईन्ट्रेष्टलाई कम गर्न मद्दत गर्दछ ।’

संसदीय उपसमितिले राजनीतिक नियुक्तिका लागि कर्मचारीलाई एक वर्ष ‘कुलिङ पिरियड’ राख्नुपर्ने सुझावसहितको प्रतिवेदन बुझाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्