०३ असार २०८३, बुधबार

सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ५६ जनाको मृत्यु

चैत ३१, २०८१
काठमाडौं
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ५६ जनाको मृत्यु

सुडानको डारफुर क्षेत्रमा पर्ने उम्म कदादाह सहरमा अर्धसैनिक समूह ¥यापिड सपोर्ट फोर्स ९आरएसएफ० ले शुक्रबार र शनिबार गरी दुई दिन लगातार आक्रमण गर्दा ५६ जना सर्वसाधारणको ज्यान गएको स्थानीय स्वयंसेवी समूहले जानकारी दिएको छ ।

 स्थानीय समितिका अनुसार, आक्रमण जातीय पहिचानका आधारमा गरिएको थियो र मृतकमध्ये धेरैजसो एउटै समुदायका थिए ।

उम्म कदादाह सहर डारफुर क्षेत्रको अन्तिम ठूलो सहर इल–फाशरतर्फ जाने मार्गमा पर्छ, जुन अहिले पनि सुडानी सेनाको नियन्त्रणमा रहेको सहर हो । स्थानीय प्रतिरोध समितिका अनुसार शुक्रबार र शनिबार भएका आक्रमण जातीय पहिचानका आधारमा लक्षित गरिएको थियो । यो समिति युद्ध सुरु भएदेखि नै राहत र समन्वयका काममा सक्रिय रहेको छ ।

उम्म कदादाह इल–फाशरबाट करिब १८० किलोमिटर पूर्वमा अवस्थित छ । अर्धसैनिक समूहले सहरलाई कब्जा गरेको एक दिनपछि त्यहाँ आक्रमण भएको हो । समितिले आक्रमणका क्रममा सर्वसाधारणमाथि हिंसा, धेरैलाई सहरबाट जबरजस्ती विस्थापित र सम्पूर्ण संचार सेवाहरू बन्द गरिएको जनाएको छ । समितिका अनुसार कम्तीमा १४ जना अझै हराइरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्