०३ साउन २०८३, आइतबार

गण्डकीका मुख्यमन्त्रीको शुभकामना सन्देश– समृद्ध प्रदेश बनाउन सहयोगको अपिल

बैशाख १, २०८२
काठमाडौं
गण्डकीका मुख्यमन्त्रीको शुभकामना सन्देश– समृद्ध प्रदेश बनाउन सहयोगको अपिल

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सबै किसिमका चुनौती सम्बोधन गर्न नयाँ वर्ष प्रेरक बन्ने विश्वास व्यक्त गरेका छन्। 

नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना व्यक्त गर्दै उनले संघीयता कार्यान्वयन र समग्र विकासमा देखिएका चुनौती सम्बोधन गर्न नयाँ वर्षले थप हौसला प्रदान गर्ने विश्वास व्यक्त गरेका हुन्।

'सबैले एक अर्काप्रति प्रेम, सहकार्य र सद्भावना बढाउने तथा उज्ज्वल भविष्यको निर्माण गर्ने सङ्कल्प गर्दै संवत् २०८१ मा हासिल गरेका उपलब्धिहरूलाई दिगो बनाउन र लक्ष्य प्राप्तिका लागि निरन्तर क्रियाशिल रहनुपर्छ', मुख्यमन्त्री पाण्डेको सन्देशमा भनिएको छ।

प्रदेश सरकार सुशासन प्रवर्द्धन गर्दै दिगो एवं समावेशी विकासमार्फत जनताका आकांक्षा पूरा गर्न प्रयत्नशील रहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारले लिएको ‘आत्मनिर्भर र समुन्नत प्रदेश : सुखी प्रदेशवासी’ को सङ्कल्प पूरा गर्न सम्पूर्ण प्रदेशवासी' साथ सहयोगको अपेक्षा गरेका छन्।

गण्डकी प्रदेशको आर्थिक, सामाजिक, पूर्वाधार तथा संस्थागत विकास र सेवा प्रवाहको क्षेत्रमा देखिएको प्रगति समग्र गण्डकी प्रदेशवासी, सबै राजनीतिक दल, नागरिक समाज, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीको संयुक्त प्रयासको परिणाम भएको भन्दै उनले यो समन्वय, सहकार्य र साझेदारीलाई जीवन्त राख्दै गण्डकी प्रदेशलाई आत्मनिर्भर, समुन्नत र जनउत्तरदायी बनाउने साझा सङ्कल्पमा प्रदेश सरकार दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

आशा, अपेक्षा र उमङ्गको उत्सवका रूपमा लिइने नयाँ वर्षले सबैलाई सत्कर्ममा लाग्न र समाज विकासमा सकारात्मक भएर सोच्न प्रेरणा मिलोस् भन्ने उनले कामना गरेका छन्।

salt training

कमेन्ट गर्नुहोस्