०२ असार २०८३, मंगलबार

पाल्पामा स्कुटर दुर्घटना, चालकको मृत्यु

बैशाख १, २०८२
पाल्पा
पाल्पामा स्कुटर दुर्घटना, चालकको मृत्यु

पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

रामपुर नगरपालिका–३ रामपुर ओइरीघाटस्थित भित्री कच्ची सडकमा स्कुटर दुर्घटना हुँदा चालक सोही ठाउँका ७५ वर्षीय पदमबहादुर ठाडा मगरको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुनिल मल्लका अनुसार  लाम्टाङबाट ओइरीघाटतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०९–००४ प ८०३९ नम्बरको स्कुटर  अनियन्त्रित भई पल्टिँदा चालक ठाडा घाइते भएका थिए ।

उनको उपचारका क्रममा रामपुर अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्