२३ असार २०८३, मंगलबार
एमाले सचिवालय बैठक

सत्ता नभएपछि प्रचण्डले सरकार परिवर्तनको हल्ला चलाए : एमाले

बैशाख १, २०८२
काठमाडौं
सत्ता नभएपछि प्रचण्डले सरकार परिवर्तनको हल्ला चलाए : एमाले

नेकपा एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सत्तामा नभएपछि सरकार परिवर्तनको आधारहीन हल्ला चलाएको टिप्पणी गरेको छ । 

सोमबार बसेको सचिवालय बैठकले कतैबाट पनि औचित्य पुष्टि नहुने कुरामा प्रचण्डले अनावश्यक हल्ला चलाएको निष्कर्ष निकालेको हो ।

‘प्रचण्डको शुरूदेखि कै चाहना हो नयाँ समीकरण बन्न नदिने, यसैले सत्ता नहुँदा उहाँलाई गाह्रो भएको छ । सरकार बाहिर हुँदाको कुण्ठा, पीडाबोध देखाउनुभएको छ । तर सरकार परिवर्तनका सम्भव छैन । औचित्य र सान्दर्भिकता छैन,’ बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘मुलुकमा सरकारले बेटर पर्फमेन्स दिनुपर्छ भनेर हामीले पनि ध्यानाकर्षण गराएका छौं । सरकारले गति बढाओस् भनेर गरिने टीका टिप्पणीलाई हामीले पनि सकारात्मक रूपमा लिएका छौं ।’

तर कांग्रेस र एमालेबीच खेल्न सकिन्छ कि भन्ने प्रचण्डको चाहना पूरा नहुने उनी बताउँछन् । 

‘एमाले र कांग्रेसबीच खेल्न सकिन्छ की भन्ने प्रचण्डको प्रयास हो,’ ज्ञवालीले भने, ‘तर यतिखेर जनताले पनि सरकार परिवर्तनको कुरालाई मन पराउँदैनन् । कुनै राजनीतिक घटनाक्रमले पनि सरकार परिवर्तनको सम्भावना देखाउँदैन ।’

salt training

कमेन्ट गर्नुहोस्