२० असार २०८३, शनिबार

बिस्का जात्रा : पाँचौं दिनमा ढालियो ५५ हात लामो लिङ्गो

बैशाख १, २०८२
काठमाडौं
बिस्का जात्रा : पाँचौं दिनमा ढालियो ५५ हात लामो लिङ्गो

भक्तपुरको प्रसिद्ध बिस्का जात्राको पाँचौं दिन आज भेलुखेलस्थित यसींँख्योमा ५५ हात लामो यसीद्यः (लिङ्गो) ढाल्ने जात्रा सम्पन्न भएको छ । 

पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाएको योसिंद्यःलाई तान्त्रिक विधिपूर्वक पूजाआजा गरी साँझ ६ बजेर ३२ मिनेटमा ढालिएको हो ।

भैरवनाथको प्रतीक मानिने योसिंद्यःमा बाडिएको अष्टमात्रिकाको प्रतीक आठ वटा डोरी फुकाएर सबैतिर तानातान गरी ढाल्ने परम्परा छ ।

योसिद्यःको जात्रा सम्पन्न भइसकेपछि तलेजुमा दुमाजुको विशेष पूजाआजा गरी यसीँख्योमा रहेको भैलखः र भद्रकालीको रथलाई गःहिटि पुर्‍याइ रथ जुधाउने जात्रा गर्ने परम्परा छ ।

यो जात्रा हेर्नाले सुख, समृद्धि, सहकाल आउनुका साथै शत्रुहरू नास हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यसलाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्