११ साउन २०८३, सोमबार

डोनाल्ड ट्रम्पले भने- रुस-युक्रेन युद्ध मेरो होइन, तर रोक्न खोजिरहेको छु

जेलेन्स्कीले दिए ट्रम्पलाई युक्रेन भ्रमणको निम्तो
बैशाख २, २०८२
काठमाडौं
डोनाल्ड ट्रम्पले भने- रुस-युक्रेन युद्ध मेरो होइन, तर रोक्न खोजिरहेको छु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच जारी युद्धको लागि पूर्वराष्ट्रपति जो बाइडेनलाई दोष दिएका छन् ।

ट्रम्पले ट्रुथ सोसियलमा लेखेका छन्, 'रूस र युक्रेन बीचको युद्ध मेरो होइन, यो बाइडेनको हो ।'

उनले यो युद्धसँग आफ्नो कुनै सरोकार नभएको तर, यो युद्ध अन्त्य गर्न र मृत्यु रोक्न काम गरिरहेको बताएका छन्। 'राष्ट्रपति जेलेन्स्की र बाइडेनले यो युद्ध शुरू गर्न धेरै नराम्रो भूमिका खेले, यसलाई शुरू हुनबाट रोक्न धेरै तरिकाहरू थिए । तर यो अब भएको छ। अब हामीले यो युद्ध रोक्नु पर्छ र यसलाई छिटो रोक्नु पर्छ,' उनले लेखेका छन् । 

उता, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति ट्रम्पलाई युक्रेन भ्रमणको निम्तो दिएका छन् । जेलेन्स्कीले युद्ध अन्त्य गर्न रुससँग कुनै पनि सम्झौता गर्नुअघि ट्रम्पले युक्रेनको भ्रमण गर्नुपर्ने बताएका हुन्।

उनी भन्छन्, 'कृपया कुनै पनि निर्णय, कुनै पनि छलफलअघि यहाँ आउनुहोस् र मानिसहरूलाई हेर्नुहोस्, सेनालाई हेर्नुहोस्, अस्पतालहरू हेर्नुहोस्, चर्चहरू हेर्नुहोस्, नष्ट गरिएका वा मारिएका बालबालिकाहरूलाई हेर्नुहोस्।'

salt training

कमेन्ट गर्नुहोस्