
झापामा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पर्साको वीरगञ्ज महानगरपालिका-२ घर भएका २४ वर्षीय दिलबर खानलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
खानले ती किशोरीलाई मेचीनगर नगरपालिका-९ संगम चोकस्थित साईकिर्पा कपी उद्योगमा शनिबार राति जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।