०६ साउन २०८३, बुधबार

गोविन्दासँग सम्बन्ध विच्छेदको खबरबारे के भन्छिन् सुनिता ?

बैशाख २, २०८२
काठमाडौं
गोविन्दासँग सम्बन्ध विच्छेदको खबरबारे के भन्छिन् सुनिता ?
तस्वीर : हिन्दुस्तान टाइम्स ।

केही समयअघि बलिउड अभिनेता गोविन्दा र सुनिता आहुजाको सम्बन्ध विच्छेदको खबर चर्चामा थिए। सुनिताले अदालतमा सम्बन्ध विच्छेदको निवेदन पनि दर्ता गराएको खबर आएको थियो। 

सुनिता र गोविन्दा छुट्टाछुट्टै घरमा बस्दै आएको खबर पनि भारतीय मिडियाहरूमा आएको थियो । 

तर, अब सुनिताले सम्बन्ध विच्छेदबारे बयान दिएर यी खबरहरूको अन्त्य गरेकी छिन्। बम्बे फेसन विकमा इन्स्ट्यान्ट बलिउडलाई दिएको अन्तर्वार्तामा सम्बन्ध विच्छेदबारे सुनिताले भनिन्, ‘मलाई केही फरक पर्दैन, जेसुकै खबर आए पनि, मैले पहिले पनि भनेको छु कि हामीबाट नसुनेसम्म विश्वास नगर्नुहोस्। हामीले मुख नखोल्दासम्म तपाईंले कुनै पनि समाचारमा प्रतिक्रिया दिनु हुँदैन।'

सुनिता आहुजाले केही समयअघि हिन्दी रशलाई दिएको एक अन्तर्वार्तामा आफू र गोविन्दा विगत १२ वर्षदेखि छुट्टाछुट्टै बस्दै आएको बताएकी थिइन् ।


 

salt training

कमेन्ट गर्नुहोस्