२५ असार २०८३, बिहीबार
छलफलमा जुट्दै सत्तारूढ दल

ओली-देउवाको भेटपछि डाकियो संयन्त्रको बैठक

बैशाख २, २०८२
काठमाडौं
ओली-देउवाको भेटपछि डाकियो संयन्त्रको बैठक
दुई दलीय संयन्त्रको बैठक । फाइल तस्वीर ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सरकार सञ्चालनका लागि गठित दुई दलीय संयन्त्रको बैठक बोलाउने समझदारी भएको  छ । 

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भएको भेटमा संयन्त्रको बैठक बोलाउने समझदारी भएको हो । स्रोतका अनुसार बैठक भोलि बुधबार साँझ ५ बजे बस्नेगरी बोलाइएको छ । 

सरकारको भविष्यमाथि विपक्षी र कार्यसम्पादनबारे गठबन्धनभित्रैबाट प्रश्न उठिरहेका बेला दुई नेताले छलफल गरेर संयन्त्रको बैठक बोलाउने समझदारी गरेका हुन् । 

सोमबार सचिवालयको बैठक राख्दै एमालेले सरकार परिवर्तनको हल्ला मात्रै चलाइएको बताएको थियो । सरकारका कामलाई अझै प्रभावकारी बनाउन प्रमुख दलबीच पर्याप्त छलफल गरेर जाने निर्णय एमालेले गरेको थियो । 

एमाले सचिवालय बैठकको भोलिपल्ट दुई नेताबीच छलफल भएको हो । 

salt training

कमेन्ट गर्नुहोस्