०२ असार २०८३, मंगलबार

२५ करोड बरामद प्रकरणमा दुई जनाविरुद्ध मुद्दा दायर, रकम र ट्रक समेत जफतको मागदाबी

बैशाख २, २०८२
काठमाडौं
२५ करोड बरामद प्रकरणमा दुई जनाविरुद्ध मुद्दा दायर, रकम र ट्रक समेत जफतको मागदाबी
बरामद भएको रकम, ट्रक र चालक कुसाङ लामा । फाइल तस्वीर ।

गत चैत ४ गते काठमाडौंको टोखाबाट बरामद भएको २५ करोड प्रकरणमा राजस्व अनुसन्धान विभागले दुईजनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

विभगले २०७४ सालमा सुन तस्करी मुद्दामा सजाय भुक्तान गरिसकेका कुसाङ लामा र फरार नारायण पौडेलविरुद्ध विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अनुसार विदेशी मुद्रा अपचलन सम्बन्धी कसूरमा मंगलबार मुद्दा दायर गरेको हो। कुसाङ रकम बरामद भएको ट्रकका चालक हुन् भने पौडेल उक्त रकमका मालिक भएको बताइएको छ । पौडेल भने फरार नै छन् । 

चैत ४ गते टोखा–झोर सडकखण्डमा ना.७ ख १६५२ नम्बरको कन्टेनर (ट्रक) रोकेर खानतलासी गर्दा ट्रकको क्याबिनमा फल्स बटम बनाई लुकाइएको अवस्थामा युरो १३ लाख ७५ हजार १ सय ५० (५००, २००, १०० र ५० दरका नोट) र अमेरिकी डलर ३ लाख २० हजार ८ सय ५० (१०० र ५० दरका नोट) बरामद भएको थियो । 

नेपाल राष्ट्र बैंकले चैत ४ गते निर्धारण गरेको विनिमय दरअनुसार युरो र डलरको मूल्य नेपाली रूपैयाँमा २५ करोड ३४ लाख ७८ हजार ८ सय ४२ बराबर हुने उल्लेख गरिएको छ । विभागले सोही परिमाणको बिगो कायम गरी मुद्दा दायर गरेको हो ।

विभागले आरोपी कुसाङ लामाले पाँच वर्षअघि सुन चोरी पैठारी प्रकरणमा सजाय भुक्तान गरिसकेकाले उनले पुनः त्यही प्रकृतिको कसुर गरेको ठहर गर्दै मुलुकी अपराध संहिता, २०७४ को दफा ४४(२) अनुसार थप सजाय माग गरेको छ।

साथै, विभागले विदेशी विनिमय ऐनको दफा १७ अनुसार बरामद सम्पूर्ण विदेशी मुद्रा जफत गर्न र घटनामा प्रयोग भएको कन्टेनर ट्रक पनि जफत गर्न मागदाबी गरेको छ।

फरार अभियुक्त नारायण पौडेलको हकमा भने अदालतमार्फत कानूनबमोजिमको म्याद जारी गर्न माग गरिएको छ।

null

salt training

कमेन्ट गर्नुहोस्