०३ असार २०८३, बुधबार

सामाजिक सद्भाव बिथोल्ने सामग्री सम्प्रेषण नगर्न अनुरोध

बैशाख २, २०८२
पर्सा
सामाजिक सद्भाव बिथोल्ने सामग्री सम्प्रेषण नगर्न अनुरोध

 जिल्ला प्रशासन कार्यालय पर्साले सामाजिक सद्भाव बिथोलिने गरी सामाजिक सञ्जालमा भ्रामक सूचना प्रकाशन तथा प्रसारण नगर्न अनुरोध गरेको छ ।

 पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विगत केही समयदेखि विभिन्न सामाजिक सञ्जालमा समाजमा द्वेष एवं उत्तेजना सिर्जना हुनेगरी सार्वजनिक भएका भ्रामक सूचनाप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको बताए । 
 
“खासगरी पुराना घटनासँग सम्बन्धित तथ्य र सामग्री तथा पछिल्लो समयमा वीरगञ्जको परिवेशलाई प्रतिकूल असर गर्ने तथा वीरगञ्जसँग नितान्त असम्बन्धित सामाग्री सार्वजनिक भएको पाइएको छ”, उनले भने, “यस्तो कार्य प्रचलित कानुन बमोजिम दण्डनीय हुने हुँदा त्यस्ता सामग्री पोष्ट गर्ने, शेयर गर्ने, लाइक गर्ने र सामाजिक सद्भाव बिथोलिने गरी कमेन्ट गर्ने कार्य गर्ने÷गराउनेमाथि कानुन बमोजिम कारबाही भई जाने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।”

salt training

कमेन्ट गर्नुहोस्