१० साउन २०८३, आइतबार

जुनियर टेनिस प्रतियोगिता आजदेखि

बैशाख ३, २०८२
काठमाडौं
जुनियर टेनिस प्रतियोगिता आजदेखि

 कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा आजदेखि पोखरामा चौथो संस्करणको मनुश्री भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिताको तयारी पूरा भएको मङ्गलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा ८, ९, १०, १२, १४ र १६ वर्षमुनि छात्र तथा छात्रा एकल, डबल्स गरी विभिन्न १४ विधामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक लोक गुरुङले जानकारी दिए ।

 एकलतर्फ विजेताले रु १५ हजार तथा उपविजेताले रु सात हजार पाँच सयसहित मेडल प्राप्त गर्ने छन् । छात्र तथा छात्रा ओपन डबल्सतर्फ  विजेताले रु १० हजार र उपविजेताले रु पाँच हजारसहित मेडल प्राप्त गर्ने आयोजक संघका अध्यक्ष राजकुमार गुरुङले जानकारी दिए । 

चौध वर्ष एकलतर्फ विजेताले रु १० हजार तथा उपविजेताले रु पाँच हजारसहित मेडल प्राप्त गर्ने छन् । बाह्र वर्ष उमेर एकलतर्फ विजेताले रु आठ हजार तथा उपविजेताले रु चार हजारसहित मेडल प्राप्त गर्ने छन् । प्रतियोगितालाई कुमार मोहनबहादुर शाहीले आफ्ना नाति नातिनीको नामबाट मुख्य प्रायोजन गरेका छन् । पोखरासहित काठमाडाँै, चितवन, बुटवलका खेलाडीले भाग लिने प्रतियोगिता निर्देशक कुमार अधिकारीले जानकारी दिए । पत्रकार सम्मेलनमा सङ्घ कास्कीका सदस्य प्रिति बराल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष राजाराम पौडेलले प्रतियोगिताबारे आफ्नो धारणा राखेका थियो । 

salt training

कमेन्ट गर्नुहोस्