
सुर्खेतमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका- १ ढोडेखालीका ५१ वर्षीय जयकृष्ण न्यौपाने छन् । उनलाई लाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
न्यौपानेले ती बालिकालाई बलात्कार गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।