
नेपाल महिला संघका २० केन्द्रीय सदस्यले राजीनामा दिएका छन् ।
संगठनमा मनोमानी भएको भन्दै संघका २० सदस्यले राजीनामा दिएको नेता रीता शाहीले जानकारी दिइन् ।
‘पुरानो क्रियाशील नवीकरण नगर्ने, नयाँको आधारमा मात्रै अधिवेशन गराउन खोजियो । पुरानो नवीकरण गर्नुपर्ने र अधिवेशनको मिति तोक्नुपर्नेमा केन्द्रीय समिति नबसी तोकियो,’ शाहीले भनिन्, ‘निर्वाचित बाग्लुङ अध्यक्षलाई हटाउने र विधानविपरीतका कार्य हुन नछाडेपछि २० केन्द्रीय सदस्यले राजीनामा दिएका छौं ।’
यस अघि नै संगठनलाई सचेत गराए पनि कुनै सुनुवाइ नभएपछि राजीनामा दिन बाध्य भएको शाहीले बताइन् ।
यसअघि महिला संघकी अध्यक्ष उषा राउतको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै केन्द्रीय सदस्यहरू चन्द्रादेवी जोशी, रीता शाही, छायाँ सुनार, डा. अमिता प्रधान शाक्य, उमा शिवाकोटी, रन्जिता गिरी, डा. सीता घिमिरे, तारा थपलिया, सुष्मा तिवारी, लक्ष्मी बाराकोटी, नवोदिता चौधरी, भगवती केसी, मिरादेवी चन्द, गीता गुरुङ, रमा अर्याल, लीलाकुमारी नेपाल, राधा कुँवर, सनिसा भेटवाल, र पार्वती आचार्यले कांग्रेस उपसभापतिद्वय, महामन्त्रीद्वय, सहमहामन्त्री, महिला विभाग र महिला संघ निर्देशन समितिलाई ज्ञापन–पत्र बुझाएका थिए ।
यि हुन् राजीनामा दिने सदस्यहरू
