२७ जेठ २०८३, बुधबार

सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

बैशाख ३, २०८२
काठमाडौं
सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

संयुक्त राष्ट्रसंघको आह्वानमा सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। नयाँ टोली मंगलबार मिसन इलाकातर्फ प्रस्थान गरेको छ।

युनाइटेड नेसन्स मल्टिडाइमेन्सनल इन्टिग्रेटेड स्टेबलाइजेसन मिसन इन द सेन्ट्रल अफ्रिकन रिपब्लिक (MINUSCA) अन्तर्गत तैनाथ हाइ रेडिनेस प्रोटेक्सन बटालियन (HRPB)मा रिपुमर्दन गण (शान्ति सेना) सातौं डफ्फाका १६३ जना र सैनिक प्रहरी युनिट (शान्ति सेना) दशौं डफ्फाका ३२ जना गरी कूल १९५ जना शान्ति सैनिकहरुको टोली सेनानी श्याम सुन्दर कार्कीको नेतृत्वमा संयुक्त राष्ट्रसंघको चार्टर्ड विमानमार्फत प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ।

null

यसअघि, सोही मिसनमा कार्यरत दि फेमश महिन्द्रदल गण (शान्ति सेना) छैठौं डफ्फाका १६५ जना, सैनिक प्रहरी युनिट (शान्ति सेना) नवौं डफ्फाका ३२ जना र नेसनल सपोर्ट टिममा सहभागी ३ जना गरी २०० जना सैनिक प्रमुख सेनानी रमेश खड्काको नेतृत्वमा स्वदेश फर्किएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

हाल उक्त मिसनमा नेपाली सेनाका १,२४४ जना शान्ति सैनिकहरू कार्यरत छन्।

salt training

कमेन्ट गर्नुहोस्