३० जेठ २०८३, शनिबार

सगरमाथामा नयाँ कीर्तिमान बनाउने प्रतिस्पर्धा

बैशाख ५, २०८२
काठमाडौं
सगरमाथामा नयाँ कीर्तिमान बनाउने प्रतिस्पर्धा

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ७२ वर्षे दौरानमा प्रतिस्पर्धा, होडबाजी र कीर्तिमानका चाङ लागिरहेका छन् । सगरमाथा आरोहण आफैँमा जोखिम र संवेदनशील यात्रा हो । आरोहणका क्रममा कतिपय आरोहीले ज्यान नै दाउ लाउनुपर्छ । जोखिमपूर्ण यात्रा भए पनि सगरमाथामा नयाँनयाँ कीर्तिमान बनाउने बढिरहेका छन् ।

तीसपटक सगरमाथा आरोहण गरेर विश्वकीर्तिमान बनाउने कामीरिता शेर्पादेखि एकै सिजनमा तीनपटक सगरमाथा चढेर कीर्तिमान कायम गर्ने फोटो पत्रकार पूर्णिमा श्रेष्ठ, दुवै खुट्टा गुमाएका हरिबहादुर बुढासहित विभिन्न कीर्तिमान बनाउनेको सङ्ख्या लामै छ । हिउँचितुवाको उपनामले चर्चित स्वर्गीय आङ्रिता शेर्पाले बिनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएका थिए । केही आरोहीले सबैभन्दा छोटो समयमा, सानो उमेरमा सगरमाथा चढेर नयाँ ‘रेकर्ड’ बनाएका छन् भने बिनाअक्सिजन आरोहण गरेर पनि विभिन्न कीर्तिमान कायम गरेका छन् ।

यसै सन्दर्भमा सगरमाथा आरोही टासी ग्याल्जेन शेर्पा २० दिनमा चारपटक सगरमाथा चढेर नयाँ कीर्तिमान बनाउने उद्देश्यले आरोहणमा निस्केका छन् । “बीस दिनभित्र चारपटक सगरमाथा चढेर विश्व कीर्तिमान बनाउने मेरो उद्देश्य छ”, उनले भने । सन् २०१७ देखि आरोहणमा लागेका शेर्पाले सगरमाथा चारपटक आरोहण गरिसकेका छन् । आमादब्लम, चोयु, मकालु तथा चीनको सिसापाङ्मा हिमाल पनि चढेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्