०८ साउन २०८३, शुक्रबार

बोलाएको बखत उपस्थित हुने सर्तमा धवलशमशेरलाई रिहा गर्ने तयारी

बैशाख ५, २०८२
काठमाडौं
बोलाएको बखत उपस्थित हुने सर्तमा धवलशमशेरलाई रिहा गर्ने तयारी

चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनाको अनुसन्धानका शिलशिलामा पक्राउ परेका राप्रपा महामन्त्री एवं सांसद डा. धवलशमशेर जबरालाई रिहा गर्ने तयारी भएको छ । स्वास्थ्य समस्याका कारण देखाएर परिवारले राणालाई रिहा गर्न माग गर्दै आएका थिए ।

बोलाएको बखत उपस्थित हुने सर्तमा राणालाई रिहा गर्न लागिएको गृहमन्त्रालय स्रोतले बतायो । १५ गतेको घटना उक्साउन भूमिका खेलेको भन्दै राणालाई घाइते भेट्न अस्पताल पुगेको बेला पक्राउ गरिएको थियो ।

प्रक्रिया पुर्‍याएर उनलाई आइतबार रिहा गर्ने सम्भावना रहेको स्रोतले बतायो ।

अदालतबाट म्याद थपेर राणालाई प्रहरी परिसर भद्रकालीको हिरासतमा राखिएको छ । केही महिना मात्र क्यान्सरको उपचार गरेर फर्केका राणा फलोअपका लागि भारतको मुम्बई जानुपर्ने भएकोले उनलाई रिहा गर्न लागिएको स्रोतले बतायो ।

राणासँगै पक्राउ परेका राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र भने अरु केही समय थुनामै रहने भएका छन् ।

राणा र मिश्रको रिहाइका लागि दबाब दिन भन्दै राप्रपाले वैशाख ७ गते काठमाडौंमा प्रदर्शन गर्ने बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्