३१ जेठ २०८३, आइतबार

बिस्का जात्रा सम्पन्न

बैशाख ५, २०८२
भक्तपुर
बिस्का जात्रा सम्पन्न

नौ दिन आठ रात मनाइने भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्वको बिस्का जात्रा आज सम्पन्न भएको छ ।

आज साँझ तमारीबाट भद्रकाली रथ तानेर घट्खा पुर्‍याई गःहिटिबाट भैलखः तानातान गरी तमारीमा पुग्दा औंसी (पाङ्ग्रा राख्ने काठ) भाँचेपछि जात्रा सम्पन्न भएको हो ।

त्यसैगरी आज बिहान स्थानीय तालाक्वको स्थित कुमाले टोलमा पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन बिहान उठाएको ज्याठा गणेशको प्रतीक हात नभएको योसिंद्य विधि पूर्वक पूजाआजा गरी ढालिएको छ ।

हात नभएको योसिंद्यलाई छैटौं दिनमा मात्र ढाल्ने परम्परा छ ।

सो योसिंद्य नढाले साँझ भद्रकाली र भैलखःको तान्न नहुने परम्परा छ ।

salt training

कमेन्ट गर्नुहोस्