
बागलुङको बागलुङ नगरपालिका–४ ढोडेनीमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ ।
१७ वर्षीय शिव थापा मगरको आज साँझ ४ः३० बजे करेन्ट लागेर मृत्यु भएको हो ।
बारीमा घाँस काट्ने क्रममा रूखको हाँगाले ३३ हजार केभी प्रसारण लाइनको नाङ्गो तारमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका थापालाई उपचारका लागि धौलागिरि अस्पताल पुर्याइएको थियो ।
अस्पताल पुर्याएको केही समयमै डाक्टरले मृत घोषणा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।
उनको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रनाउ यादवले बताए ।