२६ असार २०८३, शुक्रबार

स्थानीय तहहरूबीच समन्वयको अभाव छ, असल अभ्यास आदानप्रदान गर्नुपर्छ : चिरीबाबु महर्जन

बैशाख ६, २०८२
ललितपुर
स्थानीय तहहरूबीच समन्वयको अभाव छ, असल अभ्यास आदानप्रदान गर्नुपर्छ : चिरीबाबु महर्जन
फाइल फोटो

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्थानीय सरकारका असल अभ्यास आदानप्रदान गर्न पालिकाहरूबीचमा समन्वय हुनुपर्नेमा जोड दिएका छन् ।

ललितपुर महानगरले भगिनी सम्बन्ध कायम गरेको सल्यान जिल्लाको शारदा नगरपालिकाका जनप्रतिनिधिहरूसँग आज भएको छलफलमा उनले स्थानीय सरकारको जिम्मेवारीमा रहेका पालिकाहरू समृद्ध हुन एकअर्काका असल अभ्यास आदानप्रदान गर्नुपर्ने बताए ।

आर्थिक रूपले समृद्ध पालिकाले अन्य पालिकालाई सहयोग गर्नु उसको कर्तव्य भएको बताउँदै महानगर प्रमुख महर्जनले स्थानीयका समस्या समाधान गर्दै ललितपुर महानगर जनता केन्द्रित रहेको बताए ।

शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले ललितपुर महानगरका गतिविधिको सराहना गर्दै बजेट अभावका कारण आफूले विकास–निर्माणका सबै आयोजना कार्यान्वयन गर्न नसकेको गुनासो गरे ।

salt training

कमेन्ट गर्नुहोस्