२८ जेठ २०८३, बिहीबार

कालीकोटमा नेपाली हाते कागज उत्पादन​

बैशाख ६, २०८२
कालीकोट
कालीकोटमा नेपाली हाते कागज उत्पादन​
फाइल फोटो

कालीकोटको पचालझरना गाउँपालिकामा नेपाली हाते कागज उद्योग सञ्चालनमा आएको छ ।

गाउँपालिकाको उद्योग विकास शाखाको आर्थिक सहयोगमा पचालभरना गाउँपालिका–७ को समन्वय तथा पोखरा भ्याली टेक्निकल टेनिङ इन्स्टिच्युट पोखराको प्राविधिक सहयोगमा नेपाली हाते कागजको उद्योग सञ्चालन गरिएको हो ।

उद्योग सञ्चालनपछि स्थानीय समुदायलाई कागज उत्पादनमा दक्षता प्राप्त गर्न मद्दत पुर्‍याउने गाउँपालिकाको लक्ष्य रहेको छ ।

नेपाली हाते कागजको उत्पादनले वातावरणीय दृष्टिले पनि योगदान पुर्‍याउने भएकाले यसले सामुदायस्तरमा दिगो विकासमा मद्दत पुर्‍याउने विश्वास लिएको गाउँपालिका उद्योग विकास शाखा प्रमुख नेत्रराज शाहीले बताए । 'स्थानीयलाई हाते कागज उत्पादन गरेर रोजगारमूलक काममा लगाउने लक्ष्य राखिएको छ,' उनले भने, 'यहाँ उत्पादन भएको कागजलाई यहीको सरकारी कार्यालयमा खपत तथा बिक्री गर्ने उद्देश्य छ ।'

कागजको उत्पादन प्रक्रिया शुरू भएपछि स्थानीय व्यावसायिक गतिविधिमा वृद्धि र युवालाई स्वरोजगारको अवसर उपलब्ध गराउने प्रशिक्षक रजबहादुर शाहीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्