२३ जेठ २०८३, शनिबार

भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई एमालेको २५ बुँदे सुझाव

बैशाख ६, २०८२
काठमाडौं
भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई एमालेको २५ बुँदे सुझाव

नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई २५ बुँदे सुझाव दिएको छ ।

एमालेले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा समावेश गर्ने विषयमा  मन्त्री दाहाललाई २५ बुँदे सुझाव दिएको हो ।

शनिबार पार्टी कार्यालय च्यासलमा पार्टीको भौतिक पूर्वाधार तथा यातायात विभागले गरेको कार्यक्रममा सरकारको कामलाई प्रभावकारी बनाउन पार्टीको तर्फबाट सुझाव दिएको विभागीय प्रमुख गोकर्ण विष्टले जानकारी दिए । 

एमालेले सडक विभाग, यातायात व्यवस्था विभाग, रेल विभाग तथा पानी जहाज कार्यालयसँग सम्बन्धित विभिन्न विषयहरू समेटेर लिखित सुझाव दिएको छ ।

योजना तथा कार्यक्रमहरूलाई नागरिकसम्म प्रभावकारी रुपमा पुर्‍याउन सरकारको नीति था कार्यक्रम एवं बजेटमा समावेश गर्नु पर्ने विषयहरू प्राथमिकताका साथ समेटेर सुझाव दिइएको विष्टले बताए ।

राष्ट्रिय गौरवका तथा राष्ट्रिय महत्वका आयोजनाहरू, विकट तथा दुर्गम क्षेत्र, रणनीतिक महत्वका योजना, आर्थिक विकास र रोजगारी सिर्जनाहरू योजना लगायतलाई नीति कार्यक्रम तथा बजेटमा समावेश गर्न एमालेको सुझाव छ ।

कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका मन्त्री दाहालले पार्टीले अल्पकालीन तथा दीर्घकालिन आवश्यकताहरूलाई सम्बोधन हुने गरी महत्त्वपूर्ण सुझाव दिएको बताए । आगामी वर्षको बजेटमा निर्माणाधीन तथा अधुरा योजनाहरू पूरा गराउन प्राथमिकता दिइने मन्त्री दाहालले बताए ।

salt training

कमेन्ट गर्नुहोस्