२८ जेठ २०८३, बिहीबार

तीन दलका शीर्ष नेताको बैठक : गणतन्त्र पक्षधर शक्ति एक हुने सहमति

बैशाख ६, २०८२
काठमाडौं
तीन दलका शीर्ष नेताको बैठक : गणतन्त्र पक्षधर शक्ति एक हुने सहमति

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच गणतन्त्र पक्षधर शक्ति एक हुने सहमति भएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा शनिबार साँझ बसेको बैठकले विद्यमान राजनीतिक व्यवस्था र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान रक्षाका लागि एक हुने निर्णय गरेको हो ।

आजको बैठकमा अराजकता सृजना गरी मुलुकको शान्ति र अमनचैनमा खलल पुर्‍याउनेप्रति सचेत हुँदै अघि बढ्ने सहमति भएको प्रधानमन्त्रीका मानव अधिकार तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेलले जानकारी दिए।

उनका अनुसार सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगमा पदाधिकारी चयनका लागि गठित सिफारिस समितिले गरिरहेका कामबारे पनि बैठकमा छलफल भएको थियो ।  

बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मानव अधिकार तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार खरेल सहभागी थिए ।

salt training

कमेन्ट गर्नुहोस्