३० जेठ २०८३, शनिबार

एलओडीबाट शुरू भयो नवाज अन्सारीको साम्राज्य टुर

बैशाख ७, २०८२
काठमाडौं
एलओडीबाट शुरू भयो नवाज अन्सारीको साम्राज्य टुर

एलओडीमा धमाकेदार प्रस्तुतिबाट चर्चित र्‍यापर नवाज अन्सारीको साम्राज्य टुर शुरू भएको छ । 

शनिबार काठमाडौंको ठमेलस्थित एलओडीमा प्रस्तुतिसँगै र्‍यापर अन्सारीको साम्राज्य टुर सुरू भएको हो ।
 
भर्खरै विश्वको उत्कृष्ट डिजेको ४४ औं स्थानमा परेको एलओडीमा अन्सारीले आफ्नो धमाकेदार प्रस्तुति दिएका हुन् । युवा पुस्तामा चर्चित र्‍यापर अन्सारीले देशका विभिन्न शहरमा साम्राज्य टुर गर्ने घोषणा गरिसकेका छन्। जसको शुरूआता एलओडीबाट भएको हो ।

अन्सारीको साम्राज्य टुर पोखरा,  बुटवल लगायतका शहरमा हुने जनाइएको छ । अन्सारीको  यो पहिलो नेपाल टुर हो । उनी करिब ८ वर्षपछि नेपाल आएका हुन् । अमेरिकामै बसेर नेपाली हिपहपलाई प्रतिनिधित्व गर्दै आएका अन्सारी र्‍याप क्षेत्रमा निकै चर्चित छन् । 

एलओडीमा जेन्जीदेखि अल्फा पुस्तासम्म अन्सारीको र्‍यापमा झुमे । अन्सारीको प्रस्तुतिमा चर्चित भ्लगर सिसन बानियाँको उपस्थितिले दर्शकहरूलाई झन् उत्साहित बनाएको थियो । यसका साथै अन्य र्‍यापर प्रोफेर ट्रिक्स, यबी लगायतले एलओडीको माहोल थप उत्साहित बनाए । 

 

salt training

कमेन्ट गर्नुहोस्