
सर्लाहीमा ५० वर्षीय पुरुष मृत फेला परेका छन् ।
लालबन्दी नगरपालिका- २ स्थित लखनदेही खोलाको झोलुङ्गे पुल मुनिको बगरमा आइतबार उनी मृत भेटिएका हुन् ।
मृत फेला पर्नेमा सोही नगरपालिका जलिल टोलका अन्दाजी ५० वर्षीय लक्ष्मण महतो रहेका छन् ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।