
नेपाल प्रहरीको जवान पदको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका ६ जना नक्कली परीक्षार्थीहरु नयाँ बानेश्वरस्थित रत्नराज्य माविबाट पक्राउ परेका छन्।
शनिबार बिहान करिब ९:५० बजे परीक्षा सञ्चालन भइरहेका बेला नेपाल प्रहरी प्रधान कार्यालय नक्सालको टोलीले उनीहरूलाई रंगेहात पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिहरूले अरूको नाममा परीक्षा दिने उद्देश्यले फरक फोटो टाँस गरिएको प्रवेशपत्र र नागरिकताको प्रतिलिपी प्रयोग गरेका थिए।
पक्राउ परेका परीक्षार्थीहरू:
प्रहरीले उनीहरूबाट सक्कल प्रवेशपत्रहरुका साथै नागरिकताको प्रतिलिपीहरू बरामद गरेको छ।
यस प्रकरणमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।