०३ असार २०८३, बुधबार

कर्णाली प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा धामी नियुक्त

बैशाख ७, २०८२
सुर्खेत
कर्णाली प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा धामी नियुक्त

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निमित्त उपकुलपतिमा सह–प्राध्यापक डा डबलबहादुर धामी नियुक्त भएका छन् । 

प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको २०८२ साल वैशाख ४ गतेको निर्णयानुसार रिक्त उपकुलपतिको जिम्मेवारी डा धामीलाई दिइएको हो । प्रतिष्ठानका शिक्षाध्यक्ष (रेक्टर)समेत रहनुभएका डा धामीलाई शैक्षिक, प्रशासनिक र आर्थिक कार्यहरू सञ्चालन गर्ने अधिकारसहित निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको हो ।

यसअघि प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलको पदावधि गत चैत २१ गते सकिएपछि उक्त पद खाली रहेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्