
गभर्नर नियुक्ति विवादसम्बन्धी रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा पेसी चढेको छ ।
अधिवक्ता विशाल थापालगायतले दायर गरेको रिट अन्तरिम आदेशसम्बन्धमा सुनुवाइका लागि आइतबार पेसी चढेको हो ।
रिट पेसीसूचीको ड नम्बरमा छ ।
यो रिटको पेसी आइतबार न्यायाधीशद्वय हरि फुयाँल र नित्यानन्द पाण्डेको इजलासमा चढेपनि हेर्न नभ्याइने हुँदै स्थगित भएको थियो ।
६५ वर्षे उमेर हदसम्बन्धी विषय समेटिएको मापदण्ड तत्काल कार्यान्वयन नगर्न न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले यसअघि अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
साथै, राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर नियुक्त गर्ने तयारीविरुद्ध पूरक निवेदन समेत परेको छ ।