२० असार २०८३, शनिबार

गभर्नर नियुक्तिसम्बन्धी रिट आज पनि हेर्न नभ्याइनेमा

बैशाख ८, २०८२
काठमाडौं
गभर्नर नियुक्तिसम्बन्धी रिट आज पनि हेर्न नभ्याइनेमा

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति विवादसम्बन्धी रिट सोमबार पनि हेर्न नभ्याइनेमा परेको छ ।

न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलास पेशी चढेको रिट सूचीको (ड) नम्बरमा थियो ।

सर्वोच्चले यसअघि गभर्नरको उमेरजन्य योग्यता संशोधन कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । 

अन्तरिम आदेशबारे छलफलका लागि दुवै पक्षलाई आइतबार बोलाएको थियो । आइतबार न्यायाधीशद्वय हरि फुयाँल र नित्यानन्द पाण्डेको इजलासमा पेशी चढेकोमा हेर्न नभ्याइनेमा परेको थियो ।

यसअघि सरकारले गत फागुन २७ गते उमेरजन्य योग्यता हटाएर सार्वजनिक निकायका पदाधिकारी नियुक्तिसम्बन्धी मापदण्ड २०७३ संशोधन गरेको थियो ।

अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले दायर गरेको रिटमा प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, गभर्नर सिफारिश समिति र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाइएको छ ।

उनीहरूले राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउने तयारीविरुद्ध पूरक निवेदन समेत दिएका छन् । राष्ट्र बैंकमा उनीभन्दा सिनियर डेपुटी गभर्नरहरू हुँदैहुँदै जुनियरलाई नियुक्त गर्न योग्यता नपुग्ने तर्क निवेदनमा गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्