
गत चैत १५ गते तीनकुनेमा राजावादीले गरेको प्रदर्शनमा आगजनी तथा तोडफोडका घटनामा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका– ५ का ४८ वर्षीय ओमप्रकाश लुइँटेल छन् ।
दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले तीनकुनेमा प्रदर्शन गरेको थियो ।
उग्र प्रदर्शनकारीले तीनकुने क्षेत्रका घरमा आगजनी तथा तोडफोड गरेका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिल बोहराका अनुसार लुइँटेलविरुद्ध आपराधिक उपद्रव मुद्दामा प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद लिइएको छ ।