०४ असार २०८३, बिहीबार
शिक्षक आन्दोलनको 'साइड इफेक्ट'

शिक्षामन्त्रीले दिइन् राजीनामा

बैशाख ८, २०८२
काठमाडौं
शिक्षामन्त्रीले दिइन् राजीनामा

शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् ।

शिक्षकहरूको सडक आन्दोलन लम्बिइरहेका बेला मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाएको विश्वस्त स्रोतले लोकान्तरलाई जानकारी दियो ।

शिक्षकहरू २० दिनदेखि राजधानीकेन्द्रित सडक आन्दोलनमा छन् । शिक्षकहरूसँग सहमति हुन नसकिरहेका बेला केही समयदेखि शिक्षामन्त्री भट्टराई दबाबमा थिइन् ।

मन्त्रीले राजीनामा दिएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका एक सदस्यले पनि पुष्टि गरे ।

‘सोमबार अपरान्ह राजीनामा दिनुभएको छ, अहिलेसम्म स्वीकृत भएको छैन,’ ती अधिकारीले लोकान्तरसँग भने ।

शिक्षक आन्दोलनको विषयलाई लिएर मन्त्रिपरिषद्को बैठक बस्नुअघि मन्त्री भट्टराईले राजीनामा गरेकी हुन् ।

सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले शिक्षक आन्दोलनबारे कुनै निर्णय लिने अपेक्षा गरिएको छ ।

विभिन्न माग राखी देशभरका सरकारी शिक्षकले चैत २० देखि काठमाडौंमा प्रदर्शन गरिरहेका छन् ।

शिक्षकको माग सम्बोधन गर्न भन्दै सरकारले संसद्को बजेट अधिवेशन वैशाख १२ देखि बोलाएको छ ।

कास्की २ बाट निर्वाचित एमाले सांसद भट्टराई २०८१ असार ३१ गते शिक्षामन्त्री नियुक्त भएकी थिइन् । प्राध्यापन पृष्ट भूमिबाट राजनीतिमा आएकी भट्टराई पहिलोपटक शिक्षामन्त्री बनेकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्